प्रबन्ध निर्देशकको भनाइ

आदरणिय यस सभाका सभा अध्यक्षज्यू, यस भब्य र सभ्य समारोहमा पाल्नु हुने हाम्रा आदरणिय व्यक्तित्व गण, मान्यजनहरु, प्रमुख अतिथीज्यू, विशेष अथितीज्यूहरु, विभिन्न संघ संस्थाहरुबाट पाल्नु भएका महानुभावहरु, सेवाग्राही, उद्योगी, व्यापारी र सहकर्मी साथीहरु, व्‍यावसायी मित्रहरु, सुरक्षाकर्मी साथीहरु, विभिन्न क्षेत्र निकाएवाट प्रतिनिधित्व गर्नुहुने प्रतिनीधीज्यूहरु र पत्रकार मित्रहरु सबैमा म लोक बहादुर खत्री यस कम्पनी गोर्खा फोर्स एण्ड सर्भिस प्रा. लि. को प्रबन्ध निर्देशकको तर्फबाट हार्दिक स्वागत तथा जय नेपालको न्यानो अभिवादन गर्दछु सुरक्षा गार्ड सेवाको लामो यात्रामा विभिन्न आरोह अवरोह पार गर्दै आज हामीहरु सत्रौं बसन्त पार गरि अठारौं बसन्तमा प्रवेश गर्दैछौ । सर्वप्रथम त यस पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्गहरुमा , सरोकारवाला संघ संस्था, शुभ चिन्तक मित्रहरु, सहयोगी मित्रहरु, मान्यजन, भद्र भलादमी वुद्धिजिवी सबैमा हार्दिक आभार र धन्यवाद दिन चाँहान्छु । आजभन्दा ठिक अठार बर्ष अगाडी अर्थात मिति २०६२ साल फागुन १० गते वुधवार अर्थात आजकै दिन विधिवत रुपमा यो कम्पनी हामीले दर्ता थियौ । त्यो समय देखि आजको यस मिति सम्म आई पुग्दा कम्पनीले धेरै नै आरोह अवरोधहरु पार गरि सकेको छ । समय सापेक्षित मानिसमा सोच र विचारमा परिवर्तन आउनु स्वभाविक हो तर व्यावसायिक हित मर्यादा मुल्य र मान्यता भन्दा विपरीत गएर कुनै पनि किसिमको सम्झौंता वा सहमती गरिएन र अवका दिनहरुमा पनि गरिदैन भन्ने कुरा याहाँहरु समक्ष बाँचा गर्न चाँहान्छु । पछिल्लो समयमा केहि व्यक्तिहरुले यो सुरक्षा व्यावसायलाई धरापमा पर्ने गरि समग्र संस्थाको नै बदनाम र वेईजत हुने गरि अश्वस्थ प्रतिस्पर्धा गर्ने, कम दर रेटमा टेण्डर हाली श्रमिक र मजदुरहरुलाई पारिश्रमिक सेवा सुविधा दिनवाट समेत वन्चित गराउने किसिमका कार्यहरुको कारणले समाजमा र समग्र व्यावसायमा नै नकरात्मक असर परिरहेको छ । सिमित केहि व्यक्तिहरुले यो पेशा र व्यावसायलाई सिध्याउने खेल खेलिरहेका छन् । विभिन्न वहानामा सौतावाजी गर्ने पर्दा पछाडी भ्रमको खेती गरि आनावश्यक लाभ लिने मानिसहरुको चपेटामा परिरहेको छ । यो र यस्ता कुराहरुलाई चिर्दै व्यावसयिक सफलता हासिल गर्नु नै आजको मुख्य आवश्यकता हो । व्यावसायिक एकता र ऐकेवद्धतामा जोड दिदै नयाँ नयाँ विधि पद्धती र आधुनिक प्रविधिमूलक जनशक्ति सप्लाई गर्नु आजको आवश्यकता हो । सो को लागि उच्च स्तरिय तालिम र क्षमता अभिवृद्धि र विकास सम्बन्धि कार्यमा जोड दिनु पर्ने आजको प्रमुख आवश्यकता हो । यसको साथै वैदेशिक रोजगारीमा जानेहरुको लागि विशेष किसिमको तालिम कोर्षको व्यावस्था मिलाउने हो भने आय आर्जनको माध्यम बन्न सक्ने सम्भावना देखिन्छ । संघ प्रदेश र क्षेत्रगत व्यवस्थाले गर्दा र धरौटीको प्रावधानले गर्दा व्यावसायी थप मारमा परिरहेको अवस्था छ । संघ संस्था उद्योग फ्याक्ट्रीहरुले आफैल सुरक्षा गार्ड राख्ने, थोरै तलव दिने आफ्नो स्वार्थ पुरा भएपछी हटाउने गरेको पाईएकोले हामीहरुले प्राईभेट सुरक्षा प्रणाली ( एचष्खबतभ क्भअगचष्तथ क्थकतझ० लाई व्यवस्थित र मर्यादित बनाउनु पर्दछ भन्ने कुरामा हाम्रो जोड रहेको छ । जस अनुरुप एचष्खबतभ क्भअगचष्तथ ब्अत ) को मस्यौदा समेत तयार भईसकेको छ । यसको कार्यान्वयनमा ढिलाई भएको कारणले यसको फाईदा अरुले नै लिई राखेका छन् । अन्यमा, यी र यस्ता कुराहरु लगाएत समय सान्दर्भिक अरु उठान गर्नुपर्ने विषयहरु छलफल गर्नुपर्ने कुराहरु प्रसस्त भएता पनि समयको अभावले आज म आफ्नो भनाईहरु यहि अन्त्य गर्न चाहान्छु । धन्यवाद जय नेपाल जय गोर्खा फोर्स